१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सिमेन्ट र डण्डीको मूल्य बढेपछि घर बनाउने लागत कति बढ्यो ?



काठमाण्डौँ ।

सिमेन्ट उत्पादक तथा डण्डी उद्योगीहरूले एकैपटक डण्डी र सिमेन्ट मूल्य बढाएसँगै निर्माण लागत चुलिएको छ ।

मूल्य वृद्धिका कारण हरेक किसिमको निर्माण लागत बढेको छ ।

विज्ञका अनुसार सिमेन्ट र डण्डी प्रयोग गरेर बनाइने एउटा सामान्य घर बनाउँदा पनि निर्माण लागत एकै पटकमा ३ लाख रुपैयाँसम्म बढ्ने भएको छ ।

अहिले सिमेन्टमा प्रतिबोरा ५० देखि ७५ रुपैयाँसम्म र डण्डीमा प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म मूल्य बढेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव तथा व्यवसायी रामशरण देउजाका अनुसार चार कोठा प्रति तला भएको एउटा साढे दुई तले घर बनाउनको लागि कम्तिमा ८०० बोरा सिमेन्ट आवश्यक पर्छ ।

त्यस्तै नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार एउटा चार कोठे साढे दुई तले घर बनाउनको लागि न्युनतम १५ टन ९१५ हजार केजी० छड लाग्ने गर्छ ।

यो हिसाबले एउटा घर बनाउँदा पनि ३ देखि ४ लाख रुपैयाँ निर्माण लागत बढेको उनीहरूको भनाइ रहेको छ ।

पछिल्लो समय मूल्य बढाउनुको कुनै ठोस कारण नभएपनि उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ घटेको कारण देखाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ६ : २० बजे