६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

एमाले वाणगंगाको अध्यक्षमा पुनः पोख्रेल दोहोरिए



मायादेवी अनलाइन, वाणगंगा ।

नेकपा (एमाले) वाणगंगा नगर कमिटीको अध्यक्षमा युवराज पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार भएको नगर अधिवेशनले पोख्रेललाई पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नगरको आकांक्षी पोख्रेलसहित पाँच जना थिए । यद्यपि पार्टी नेताहरुले चुनावमा जान नहुने अडान राखेपछि अन्तिममा सर्वसम्मत नेतृत्व आएको हो । पोख्रेलले नेकपा विघटनसंगै एमाले फुटेको समयमा पनि नगर अध्यक्ष सम्हाल्नुभएको थियो ।

नगर कमिटीको उपाध्यक्षमा मुक्त बहादुर कार्र्की, सचिवमा विष्णु गिरी, उप-सचिवमा चेतनारायण भण्डारी, लक्ष्मी थारु सर्वसम्मत चयन भएको एमाले वाणगंगाले जनाएको छ ।

उपाध्यक्ष कार्की र सचिव गिरी पनि नगरको अध्यक्षको दाबेदार हुनुहुन्थ्यो ।

यता अध्यक्षका आकांक्षी विष्णु पौडेल र भिष्मराज भुसाल आफ्नो उम्मेद्वारीबाट पछि हट्नुभएको छ ।

को हुन् पोख्रेल ?
पोख्रेलले २०४० सालमा अनेरास्ववियु तत्कालिन कोपवा गाउँ कमिटी सचिव भएर ४ कार्यकाल काम गर्नुभएको थियो । त्यस्तै नेकपा एमाले वडा नम्बर ६ इलाका कमिटी सदस्य, उप-सचिव हुँदै सचिव भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । पोख्रेल जिल्ला कमिटी वैकल्पिक सदस्य, सदस्य, सचिवालय सदस्य हुँदै हाल नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।

पार्टीमा द्धन्द्ध सिर्जना हुँदा अस्थिरता पैदा हुँदा र कमिटी नै बिहिन बन्दा संक्रमणकालिन समयमा आफुले नेतृत्व गरेको पार्टीलाई नगरमा एकजुट बनाउन सफल भएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  ८ : ४९ बजे