५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मङ्सिर २४ देखि २६ सम्म काठमाण्डौमा कांग्रेसको १४ औँ महाधिवेशन



काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ ।

समितिले बाँकी रहेका वडा तथा गाउँ नगर र जिल्ला अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ६ : ३६ बजे