८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राप्रपाको महाधिवेशन मंसिर ११ देखि काठमाडौंमा हुने



काठमाण्डौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ।महाधिवेशन काठमाडौंमा हुनेछ।

राप्रपाले कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने भने पनि बिहीबार बसेको बैठकले मिति परिमार्जन गरेको हो। राप्रपाले सक्रिय सदस्य बनाउने अवधि कात्तिक १५ गतेसम्म बढाउनेसमेत निर्णय गरेको छ।

कात्तिक २६ देखि सक्रिय सदस्यको सूची जिल्लामा पठाउने तयारी राप्रपाको छ। मंसिर १ देखि ३ गतेभित्र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुने राप्रपाले जनाएको छ।

साथै बैठकले सामाजिक कार्यपत्र बनाउनेलगायत समिति गठन गरेको छ। पशुपतिशम्शेर जवराको नेतृत्वमा सामाजिक कार्यपत्र तयारी समिति बनाइएको छ।

आर्थिक समितिको संयोजकमा प्रकाशचन्द्र लोहनी छन् र राजनीतिक कार्यपत्र भने कमल थापाले तयार पार्नेछन्।

राप्रपाले प्रचार विभागसमेत गठन गरेको छ। राजेन्द्र गुरूङ र मोहन श्रेष्ठ संयोजक भएका छन्। स्वास्थ्य, स्वागत, भोजनलगायत ९ समिति गठनसमेत गरिएको राप्रपाले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ६ : ४३ बजे