५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भलिबल प्रतियोगिता हेर्न गएकी १३ वर्षीया बालिकामाथि बलात्कार



रूकुम पश्चिम ।

रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ।जाजरकोटकी ती बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको घटना बाहिरिएको हो।

उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन्।जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो।बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

बालिकामाथि बलात्कार भएको सम्बन्धी जाहेरी दर्ता भइसकेको र अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।साथै बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ।

बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ८ : ०९ बजे