४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ । आजको बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने ज्ञवालीले बताउनुभयो ।

एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  १० : १० बजे