५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य



काठमाडौं ।

संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।
मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।
संघीय संसदका महासचिव डा। भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ३ : ४७ बजे