२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

एकीकृत समाजवादी अर्घाखाँचीको पदाधिकारीलाई पूर्णता



अर्घाखाँची ।
नेकपा (एकिकृत समाजवादी) अर्घाखाँचीको पदाधिकारीले पूर्णता पाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले जिल्ला पदाधिकारीको टुंगो लगाउँदै विभिन्न नेताहरुको कार्यविभाजन गरेको हो । यसभन्दा अगाडी अर्घाखाँचीमा राम बहादुर चौहान अध्यक्ष भएपनि पदाधिकारीले पूर्णता पाएको थिएन ।

जिल्लाको पार्टी उपाध्यक्षमा सुमित्रा मुखिया र सिद्धी भुसाल चयन हुनुभएको छ ।

जिल्लाको पार्टी सचिव युवराज पौडेल, उप सचिव रिदय भुसाल रहनुभएको छ भने पार्टी प्रवत्ताको जिम्मेवारी नारायण शर्मालाई दिइएको छ ।
बैठकले प्रदेशको निर्देशन अनुसार जिल्ला प्रक्षिक्षण कार्यक्रम गर्ने भएको छ ।

बैठकले कंसिर पहिलो साता भित्रमा वडा पालिकामा कमिटी गठन गर्ने निर्णय गरेको छ ।

प्रक्षिक्षण तथा संगठन बिस्तारको लागि समेत कार्यबिभाजन गरिएको छ । शितगंगामा पिताम्बर सारु, नारायण शर्मा लगायत सम्पुर्ण जिल्ला सदस्य रहने गरि जिम्मेवारी दिइएको छ ।

सन्धिर्खक नगरपालिकामा पिताम्बर भुसाल, सिद्धि भुसाल लगायत सम्पुर्ण जिल्ला सदस्य, भूमिकास्थान नगरपालिकामा पिताम्बर भुसाल, रिदय भुसाल लगायत सबै जिल्ला सदस्य, पाणेनी गाउँपालिकामा लक्ष्मी गौतम, युवराज पौडेल लगायत जिल्ला सदस्यहरु, मालारानी गाउँपालिका रामबहादुर चौहान लगायत सबै जिल्ला सदस्य, छत्रदेव गाउँपालिकामा पिताम्बर भुसाल लगायत सबै जिल्ला सदस्यहरुलाई कार्य बिभाजन गरि जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै जनवर्गीय संगठनको भेला कार्तिक मसान्त भित्र गर्ने पनि बैठकले निणर्य गरेको छ । बैठकमा सम्पूर्ण नगर तथा गाउँ कमिटी इञ्चार्जहरुले स्थानीय तहमा पार्टी अबस्था गतिबिधिको बारेमा रिर्पोटिङ गरेको जिल्ला पार्टी प्रवक्ता शर्माले जानकारी दिनु भयो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इञ्चार्ज भुसालले एकीकृत समाजवादी अर्घाखाँचीमा जिल्लामा नमुना पार्टी हुने र बनाउन सम्पूर्ण पार्टीका नेता कार्यक्रतालाई निर्देशन दिनु भएको छ ।

केपी ओलिले संविधान मिच्न खोजेको भन्दै देशलाई दुर्घटना हुनबाट बचाउन पार्टीबाट बिद्रोह गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएको बताउँदै पहिले पनि पार्टी पार्टीलाई नमुना बनाउने भुसालले बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य पिताम्बर सारुले अब पार्टी निर्माणको कार्य युवाहरुको काधमा आएको भन्द्रै अब युवाले मात्र यो देशको मुहार फर्ने सक्ने बताउनु भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ३० बजे