१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

टी–ट्वान्टी विश्वकपः न्युजिल्याण्डसंगको हारसंगै भारत संकटमा



काठमाडौं ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पहिलो जित निकालेको छ ।दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए ।ओपनर मार्टिन गुप्टिल ३३ रनमा आउट भए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।भारतका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले सबिजित रहदै सर्वाधिक २६ रन बनाए ।

यस्तै हार्दिक पाड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन तथा रोहित शर्माले १४ रनको योगदान गरे ।ऋषव पन्तले १२ रन जोड्दा कप्तान विराट कोहली ९ रनमा आउट भए । यस हारसंगै भारत टि ट्वान्टी क्रिकेटबाट बाहिरिने अवस्थामा पुगेको छ ।

भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए ।यस्तै इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १÷१ विकेट लिए । यस जितसँगै समूह २ को न्युजिल्याण्डले २ खेलमा २ अंक जोडेको छ ।

न्युजिल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा न्युजिल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो । भारतको यो लगातार दोस्रो हार हो । अंक विहीन रहदै भारत समूहको पाँचौं स्थानमा रहेको छ ।पहिलो खेलमा भारत पनि पाकिस्तानसँग पराजित भएको थियो ।

न्युजिल्यान्डले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । तीनै खेलमा विजयी भएमा न्युजिल्यान्ड सोझैं सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान सुरुवाती तीन खेलमा तीनमा जितका साथ सेमिफाइनल पक्कानै बनाएको छ । औपचारिकता बाँकी छ । अफगानिस्तानले भारत र न्युजिल्यान्डसँग खेल्नेछ । जसले गर्दा अफगानिस्तानको सम्भावना भने कठिन देखिन्छ ।

अंक तालिका

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ६ : ०९ बजे