३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

अपानिमा ओलीको सन्देश : पार्टीमा नयाँ लय, ऊर्जा र संकल्प थपियो



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन अपानि १३ जारी गरेका छन । आसन्न ०७८ मङ्सिर १०- १२ मा चितवनमा आयोजना हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा केन्द्रित रहेर अन्तरपार्टी निर्देशन जारी गरेको हुन्।

पार्टी पङ्क्तिमा एकता, ऊर्जा र उत्साह भर्न सफल भएको विधान महाधिवेशनले अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिवका तर्फबाट प्रस्तुत सङ्गठनात्मक प्रस्ताव तथा सङ्गठन विभाग प्रमुखबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिका साथ पारित गर्दै पार्टीमा वैचारिक, राजनीतिक र भावनात्मक एकताको उच्चतम दृष्टान्त प्रस्तुत गरेको उल्लेख गरेको छ।

यही कात्तिक ६ गते राष्ट्रव्यापी रूपमा एकैसाथ सम्पन्न भएका वडारशाखा अधिवेशन र कार्तिक ९ गते सम्पन्न भएका पालिकारईलाका अधिवेशनहरूमा अत्यन्त उत्साह, उच्चस्तरको समझदारी एवं एकता प्रदर्शित भएको छ। पार्टीका आधारभूत तहहरुमा भएका यी अधिवेशनहरूले पार्टी नयाँ लय, नयाँ ऊर्जा र नयाँ सङ्कल्पका साथ अगाडि बढेको स्पष्ट भएको बताएका छन्।

सबै महाधिवेशनरअधिवेशनहरूलाई भव्यता साथ सफल पार्न योगदान गर्नु हुनेलाई धन्यवादसमेत दिएका छन्।

महाधिवेशनमा प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० मा थप १र१ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि। सो पछि प्रत्येक ८०० सदस्यसम्म मा थप १ जना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाइ हुनेगरी १र१ जनाको दरले प्रतिनिधि छनौट गर्ने व्यवस्था उल्लेख गरेको छ।

महाधिवेशनपछि ०७७ चैत मसान्त सम्मका पार्टी सदस्य मात्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि मतदाता हुने, प्रतिनिधिको निर्वाचन केन्द्रीय संगठन विभागबाट अभिलिखित पार्टी सदस्यता विवरणको आधारमा गर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  १२ : ५८ बजे