२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन



काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो ।

क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वार्ता गर्ने जनाएको छ । क्यानले गएको १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  १ : १५ बजे