१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गौतम बुद्ध बिमानस्थल चाँडो संचालन हुन्छः गृहमन्त्री खाँण




भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माणलाई पहिलो प्राथकिमतामा राखेको बताएका छन् । भैरहवामा निर्माणाधिन बिमानस्थलको अवलोकन गर्दै खाँणले अब क्यलिब्रेशन फ्लाईट छिट्टै हुने आश्वसन दिएका छन् । उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई बिदेश जान फुकुवा गरेकोले एरो थाईले क्यालिब्रेशन फ्लाईट गर्ने र नगरे भारत सरकार संग जिटुजी माध्यमबाट गर्ने बताए ।

खाँणले गौतम बुद्ध बिमानस्थललाई तयारी अवश्थामा राख्न निर्देशन दिएका छन् । उनले सबै मेशीनरी उपकरणहरु अविलम्ब जडान गर्न उनले आयोजना प्रमुखलाई निर्देशन गरेका हुन् । खाँणले बिमानस्थलको सुरक्षाको लागी खटिने सुरक्षाकर्मिको लागी पनि प्रयाप्त स्थान छुट्टयाउन आग्रह गरे । उनले अहिले तत्काल सुरक्षाकर्मिको लागी स्थान नभए पनि त्रिपालमा बसेर भए पनि सुरक्षाकर्मिले सुरक्षा दिने आश्वासन दिए ।

बिमानस्थलमा आयोजित कार्यक्रममा जिल्लाका उद्योगी एवम ब्यवसायीले पनि सरकारले बिमानस्थलमा तदारुकता देखाउन आग्रह गरेका थिए । उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा एवम सिद्धार्थ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष कुल प्रसाद न्यौपानेले तत्कालको लागी क्यालिब्रेशन फ्लाईट नै आवश्यक रहेको बताए । उनले सके सम्म चाडो क्यालिब्रेशन फ्लाईटको लागी सम्बन्धित मन्त्रालयले चासोका साथ हेरिदिन आग्रह गरे । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहे पनि कहिले निर्माण सम्पन्न हुने र “क्यालिव्रेसन फ्लाईट” कहिले हुने भन्ने अहिले पनि निश्चित हुन सकेको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण तर्फ ९८ दशमलव २५ प्रतिशत काम सकिए पनि बाकी रहेका केही कार्य थप महत्वपूर्ण रहेको आयोजना प्रमुख प्रवेश अधिकारीको भनाई छ । क्यालिबे्रसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँचरसात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ ।

क्यालिबे्रसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिबे्रसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । क्यालिबे्रसन उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र ९आइसिबी वान० अन्तर्गत ६ अर्ब ८२ करोडको रहे पनि आर्थिक प्रगति ७७ प्रतिशत मात्र रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय बोलपत्र ९आइसिबी टू० अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र ९आइसिबी वान० मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको हो । कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । आइसिबी वान अन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन् ।

३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको आयोजनाको ९७ दशमलव ३ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरि रहदा ६ पटक म्याद थपिसकिएको छ । छैठौ पटक थपिएको २०२१ को जुन महिना सम्ममा पनि काम नसकिदा चिनिया कम्पनीले फेरी म्याद थप गर्न निवेदन दिएको थियो । अहिले सन २०२१ को डिसेम्बर सम्म म्याद थपको लागी प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८ शुक्रबार ००:००  ७ : ११ बजे