६ असार २०८३, शनिबार | Sun Jun 21 2026

नाम डनबहादुर थापा, काम श्रीमतीको हत्या गर्ने




दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। गढवा गाउँपालिका–७ परिचोक घर भएका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घरायसी विवादमा श्रीमानले श्रीमतीको टाउँकोमा बञ्चरोको बिँडले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको हो। शनिबार बिहान ४ बजेतिर डनबहादुरले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई मतपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ। डनबहादुरले जेठी श्रीमतीको निधन भएपछि कान्छी श्रीमतीको रुपमा सुनितासँग विवाह गरेको बताइएको छ। श्रीमान र श्रीमती दुई जनामात्रै घरमा थिए।

प्रकाशित मिति : २० कार्तिक २०७८ शनिबार ००:००  ६ : ५३ बजे