२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

सवारी दुर्घटनामा सैनामैनाका नगरप्रहरी जवान रेश्मी घाइते



बुटवल ।
रुपन्देहीको सैनामैनामा बुधबार सवारी दुर्घटना हुँदा १ जना नगरप्रहरी घाइते भएका छन् । सैनामैना नगरपालिका–६ रामापुरमा अगाडी गुडिरहेको बसमा मोटरसाइकल अचानक ठक्कर खाँदा २२ वर्षीय नगर प्रहरी जवान तुलबहादुर रेश्मी घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

बुटवल तर्फ आउँदै गरेको लु १ ख ७४९६ नम्बरले एकासी ब्रेक लगाउँदा रेश्मी सवार लु ४७ प ५५२२ नम्बरको मोटरसाइकल बसमा ठोक्किएको थियो ।

घटनापछि घाइते भएका रेश्मी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइते रेश्मीको अवस्था मध्यम रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  १२ : २१ बजे