विद्यार्थी सङ्गठनले दिएको चन्दा आयल निगमका कर्मचारीले लिन मानेनन्


काठमाण्डौ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एकरएक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालय परिसरमा राखेर फर्किएका छन् ।

आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पहिले नै भागिसकेका र अरू कर्मचारीलाई बुझाउन खोज्दा उनीहरूले नलिएपछि चन्दाको रकम निगमको कार्यालय परिसरमा छाडिएको अखिल क्रान्तिकारीका नेता मिलन एमसीले जानकारी दिनुभयो । विद्यार्थीले निगम अगाडि नाराबाजी गर्न थालेपछि प्रहरीले तितरबितर पारेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता नभएसम्म आफूहरूको आन्दोलन चलिरहने नेता एमसीले बताउनुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस