१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाली महिला टिम टी–२० विश्व कपको ग्लोबल छनोटमा पुग्न असफल



काठमाण्डौ ।

नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्न असफल भएको छ । एसिया छनोट अन्तर्गत आज आइतवार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो । ग्लोबल छनोटमा पुग्न नेपालले आज यूएईलाई फराकिलो अन्तरले हराउनुपर्नेमा उल्टै हार बेहोर्‍यो । यूएईले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन् । अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले चार विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान दुईरदुई विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ३ : ३५ बजे