३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

एमाले महाधिवेशमा ३०१ भन्दा बढीको उम्मेदवारी दर्ता, नाम फिर्ता लिन दबाब



चितवन । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराउनेको संख्या धेरै भएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नसकेको छैन ।

निर्वाचन समितिका अनुसार ३०१ भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । निर्वतमान अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर मात्र उम्मेदवारको सूची सार्वजनिक गर्न दबाब परेको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्षमा सात जना र सचिवमा नौ जनाको मनोनयन परेको छ । केन्द्रीय सदस्यमा भने तोकिएको भन्दा निकै बढीको मनोनयन परेको उनले बताए ।

उम्मेदवारको सूची सार्वजनिक गर्नुअघि उपाध्यक्षका एक जना र सचिवका दुई जना प्रत्यासीलाई मनोनयन फिर्ता लिन नेतृत्वले दबाब दिइरहेको छ । त्यसैगरी, केन्द्रीय सदस्यका आकांक्षीलाई पनि फिर्ताको दबाब परेका कारण निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएकाको सूची सार्वजनिक गर्न नसकिएको जनाएको छ ।

निर्वाचन समितिले १० बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ३ : ०५ बजे