१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

के तपाईंले विदेशबाट अरुको सामान ल्याउँदै हुनुहुन्छ ? अब सचेत रहनुहोला, नत्र !



काठमाण्डौ । के तपाईं विदेशबाट नेपाल आउने योजनामा हुनुहुन्छ रु यदि हुनुहुन्छ र कसैको सामान पनि ल्याइदिनुपर्ने भएको छ भने सतर्क हुनुहोला ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले यसरी विदेशबाट आउनेहरुलाई जोकसैको सामान नल्याउन र ल्याउनै परे राम्रोसँग हेरेर मात्र ल्याउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै पछिल्लो समय विदेशबाट आउनेहरु सुन तस्करीमा पक्राउ पर्ने गरेको र बयानमा आफूलाई त्यसबारे केही थाहा नभएको जानकारी दिने गरेकाले यस्तो ठगीबाट जोगिन आग्रह गरेको छ । त्यसैले विमानस्थलमा कसैले ललाइ फकाइ कुनै सामान लगिदिन भनेमा राम्रोसँग बुझेर मात्र ल्याउन त्रिभुवन विमानस्थलको आग्रह छ ।

त्रिभुवन विमानस्थल हुँदै स्वदेश आउने यात्रुहरुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी मात्रामा सुन, ल्याप्टप, मोबाइल ल्याउने गरेका छन् । यसरी सामान ल्याउँदा यात्रुहरु कानुनी फन्दामा पर्ने गरेका छन् ।

भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी गएको जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने सामानको तल उल्लेखित परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ ।

१। व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्योभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्योभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने ।

२। व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा ९त्योभन्दा बढी भएमा भन्सार महसुल लाग्ने ।

३। व्यक्तिगत प्रयोगको मोबाइल १ वटा ९त्योभन्दा बढी भएमा भन्सार महसुल लाग्ने ।

४। रक्सी १ लिटरसम्मको बोतल १ ९त्योभन्दा बढी परिमाणको रक्सी जफत गरिने ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ३ : १४ बजे