७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मेस्सीलाई कीर्तिमानी सातौं पटक बालोन डी ओर



काठमाडौं ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ ।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डीुओर अवार्ड जितेका हुन् ।

यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौं स्थानमा रहे ।

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

महिलातर्फको बालोन डीुओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ८ : ३४ बजे