२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भिरबाट लडेर दैलेखमा एक वृद्धाको ज्यान गयो



दैलेख ।
दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाको भिरबाट लडेर ज्यान गएको हो । लडेर नारायण नगरपालिका(४ सोतकी मैसरा कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  १ : ०७ बजे