७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित



बर्दिया ।
नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८८० मतसहित निर्वाचित भए।

उनले भुवनेश्वर चौधरीलाई २२ मत अन्तरले पराजित गरेका हुन्। चौधरीले ६७८ मत प्राप्त गरे। बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ मत खसेको थियो। उपसभापतिमा संस्थापन पक्षकै गोविन्दप्रसाद थारु र सोदे विष्ट, सचिवमा जग्गाप्रसाद पाण्डे र मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

सभापतिमा निर्वाचित राठौरले यसअघि पनि बर्दियामा जिल्ला सभापतिको रुपमा नेतृत्व गरिसकेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  १ : १६ बजे