२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बागलुङमा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते



पर्वत ।
बागलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत काठेखोलाको खहरेमा बा १८ च ५६ ७७ नम्बरको रातो प्लेटको पिक अप जिप सडकबाट करिब ३० मिटर तल खसेको हो।

दुर्घटनामा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको छ भने बागलुङ नगरपालिका–१ रामरेखाका ४० वर्षीय टकबहादुर बोहरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन्।

घाइतेहरूको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ। बागलुङकै बिहुँबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको अवस्थामा जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने नखुलेको र जिपका चालक फरार रहेको बागलुङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७८ बुधबार ००:००  १२ : ४७ बजे