५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कृष्णनगर १० मा मौर्या अध्यक्ष रहेको एकीकृत समाजवादीको वडा कमिटी गठन



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) ले कृष्णनगर नगरपालिकाको वडा नं. १० मा वडा कमिटी गठन गरेको छ ।

बुधबार भएको प्रथम वडा भेलाबाट टाटा मौर्या रहेको ३७ सदस्यिय वडा कमिटी कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँले जानकारी दिनुभयो ।

कमिटीको उपाध्यक्षमा इमरान अहमद, सचिवमा तोहिद खाँ, उप-सचिवमा संगीता कोरी रहनुभएको छ ।

कृष्णनगर भित्र रहेका सम्पूर्ण वडामा कमिटी विस्तारमा जुटेको पार्टीले जनताको उत्साहजनक उपस्थिति भएको जनाएको छ ।

वडा कमिटी गठनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, जिल्ला कमिटी उप-सचिव ओमप्रकाश कुर्मी, कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँ, शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार मात्र वडा नं. ८ मा राघवराम कुर्मीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८ बुधबार ००:००  ५ : १८ बजे