४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जनताको अभिसाप बन्यो सुर्य चिन्हः इन्चार्ज बिश्वासी




मायादेवी अनलाइन, बाणगङ्गा ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासीले जनताको बिचमा सुर्य चिन्ह अभिसाप बनेको टिप्पणी गर्नु भएको छ ।

देशको परिवर्तन एमालेले मात्र गर्छ भन्दै हिजो बिहान जनताको घरघरमा सुर्य चिन्ह स्थापित गरे पनि यो अहिले आएर अभिसाप बनेको बताउनु भयो ।

दाङ जिल्लाको कार्यकर्ता भेलालाई शुक्रबार तुल्सिपुरमा सम्बोधन गर्दै उहाँले अब घर घरमा कलम चिन्ह लिएर जानुपर्ने स्थिति आएको बताउनुभयो ।

केपी ओली सरकारमा जस्तो भ्रष्टाचार कहिल्यै नभएको भन्दै एकीकृत समाजवादी भ्रष्टाचारीको सशक्त बिरोधमा उत्रिने बताउनुभयो । देशमा समाजवाद स्थापना गर्ने गरि आफुहरु पार्टी बनाएको भन्दै नेपाली जनताको सपना एकीकृत समाजवादीले मात्र पूरा गर्ने बताउनुभयो ।

केपी ओलीले दलाल पुजिवादलाई पछाएको भन्दै आफुहरु त्यसको पक्षमा नरहेको बताउनुभयो । आफुहरु दलाल पुजीवादलाई बिस्थापित गरी राष्ट्रिय पुजिको बिकास गर्नमा लाग्ने बताउनुभयो ।

सयौं अगुवा कार्यकर्ता बिच बोल्दै उहाँले एमाले दक्षिणपन्थी भासमा पुगेको भन्दै यसबाट मुलुक र जनताको भबिष्य नबन्ने बताउनुभयो ।

कम्युनिस्ट आन्दोलन धस्त पार्ने काम केपी ओलीले गरेको भन्दै अझै जनताको बिचमा भ्रम छर्ने काम गरिरहेकाले त्यसलाई परास्त गर्ने गरि एकीकृत समाजवादी जनताको घर घरमा जानू पर्ने बताउनु ।

प्रकाशित मिति : १७ मंसिर २०७८ शुक्रबार ००:००  ७ : ०८ बजे