२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आज माधव नेपालले अर्घाखाँचीको सभालाई सम्बोधन गर्ने



मायादेवी अनलाइन, जितपुर ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज शनिबार सन्धिखर्कको सभागृहमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ ।

अध्यक्ष नेपालले सम्बोधन गर्ने जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको सबै तयारी पुरा भएको अध्यक्ष राम बहादुर चौहानले जानकारी दिए ।
पार्टीका केन्द्रिय अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रममा जिल्लाभरका सबै वडा बाट कार्यकर्ता सहभागी हुने कार्यक्रमका मिडिया संयोजक नारायण शर्माले बताए ।

शान्ति प्रक्रियाका नायक, नेपाली संबिधानका रक्षक राजनीतिका शिखर ब्यक्तित्व जिल्ला आउदै गर्दा युवा संघले शितगङ्गा नगरपालिका बाटै नै स्वागत गर्ने कार्यक्रम रहेको युबा संघका केन्द्रिय सचीव सुशील भट्टराईले बताए ।

बृहत जिल्ला स्तरीय कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागीता हुने युबा संघका जिल्ला अध्यक्ष पुष्कर पौडेलले बताए । प्रशिक्षणमुलक कार्यक्रम निकै भब्य ऐतिहासिक र महत्त्वपूर्ण हुने अनेरास्ववियुका अध्यक्ष सागर परियारले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतीक महासङ अर्घाखाँचीको सांस्कृतिक प्रस्तुती तथा विभिन्न खालका चरणबद्व कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका लुम्बिनी प्रदेश इन्चार्ज भागबत बिस्वासी, प्रदेश अध्यक्ष मेटमणि चौधरी, केन्द्रिय सदस्य मोहन गौतम, पिताम्बर भुसाल पिताम्बर सारु, लक्ष्मी गौतम लगायतका नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८ शनिबार ००:००  ६ : ३५ बजे