७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेकपा (एस) कपिवलवस्तु १० को अध्यक्षमा कोहार



मायादेवी अनलाइन, तौलिहवा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तु नगरपालिका वडा नं. १० को वडा कमिटी अध्यक्षमा तौलेश्वर कोहार सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको वडा भेलाले कोहार अध्यक्ष रहेको १५ सदस्यिय वडा कमिटी गठन गरेको कपिलवस्तु नगर कमिटीका उप-सचिव तथा वडा इन्चार्ज शिव प्रसाद मुराउले जानकारी दिनुभयो ।

वडा कमिटीको उपाध्यक्षमा नाथु थारु, सचिवमा अनिल शुक्ला, उप-सचिवमा रामचन्द्र नेपाली सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको नेता मुराउले बताउनुभयो ।

वडा भेलालाई पार्टीका जिल्ला कमिटी उपाध्यक्ष गीत अन्जानले सम्बोधन गर्दै मधेसी जनताको मुक्तिका लागि एकीकृत समाजवादीको झण्डा बोक्ने बेला आएको बताउनुभयो । मधेसी जनता लामो समय देखि थिचोमिचोमा रहेको भन्दै अब प्राप्त अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । मधेसमा एकीकृत समाजवादी प्रति राम्रो जनसमर्थन प्राप्त भएको उहाँले बताउनुभयो ।

भेलामा नगर कमिटी अध्यक्ष रफिक अन्सारी, रामदेव शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८ आइतबार ००:००  ७ : ४३ बजे