१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु



दाङ ।
दाङमा छ्ट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित सडकमा रा १ ह २९११ नम्बरको अटो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय गंगाराम केसीको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी दाङको लमही नगरपालिका–६ बनघुर्सीस्थित सडकमा रा १ ख १७७७ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम चरण चौधरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८ आइतबार ००:००  १ : १३ बजे