दिल्लीमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्राेन’


काठमाण्डौ ।

भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट’ओमिक्राेन’को सङ्क्रमण देखिएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा भइरहेको बताइएको छ ।

भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ केस हो । यसअघि बेङ्गलोर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म १७ जनामा कोभिड परीक्षण पोजेटिभ पाइएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्यमन्त्री जैनले बताउनुभयो ।

गएको हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गर्नुभएको थियो । अहिलेसम्म विश्वका २३ देशमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भइसकेको छ ।

नयाँ भेरियन्टका कारण बेलायत, युरोपेली सङ्घ, अमेरिका र क्यानडाजस्ता देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।

गएको २६ नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले यसलाई ुओमिक्रोनु नाम दिँदै यो नयाँ भेरियन्ट चिन्ताको विषय भएको जनाएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस