६ असार २०८३, शनिबार | Sun Jun 21 2026

यू-१९ क्रिकेट टिमको बन्द प्रशिक्षणमा २० खेलाडी समाहित




काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले यू-१९ पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको जनाएको छ ।

नेपाली टिमले बुधबारबाट प्रशिक्षण थाल्ने छन् । एसिया कप युनाईडेट अरब इमिरेट्स ९युएई०मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुज कुमार चुनारा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही, आदील अन्सारी

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ७ : ०७ बजे