१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

म्यानचेस्टर युनाइटेडको कठिन जित




एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १(० कठीन जित निकालेको हो।घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जिताउन फ्रेडले अन्तिम समयमा निर्णायक गोल गरे।

ब्राजिलियन सेन्ट्रल मिडफिल्डर फ्रेडले खेलको ७७औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त रह्‍यो।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि युनाइटेडले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो। क्रिष्टियानो रोनाल्डो, जाडोन सान्चो, मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेसका केही राम्रा प्रहारलाई क्रिस्टल प्यालेसका डिफेन्डर र गोलरक्षकले बिफल बनाइदिए।

अन्तरिम प्रशिक्षक राल्फ राङनिकको पहिलो खेलमै युनाईटेडले जित निकाल्न सफल भएको हो। ओल गन सोल्सारलाई बर्खास्त गर्दै युनाईटेडले यस सिजनको अन्तिम सम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक चयन गरेको हो ।

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ। पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औं स्थानमा छ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ७ : ३३ बजे