७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओमिक्रोनु पुष्टि भएका व्यक्तिको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर रिपोर्ट नेगेटिभु



काठमाण्डौ ।
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमवार पत्रकार सम्मेलन गरेर नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको हो ।

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ुओमिक्रोनु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।

पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा हिजो आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएकाले अब कोरोना पुष्टि हुनेहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन थालेको भन्दै मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले खोप नलगाएकाहरूले नजिकको खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ४ : ४४ बजे