८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

को बन्ला काँग्रेस पौडेल पक्षको सभापतिको साझा उम्मेदवार ? आज वैठक




काठमाण्डौँ ।
। नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन अन्तिम रस्साकस्सी शुरु भएको छ । तर सोमबार साँझ भएको आकांक्षीहरुको छलफलमा भने कुनै सहमति जुट्न सकेन ।प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भेला भएका थिए । तर वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाबीच सभापतिको उम्मेदवार को हुने भन्ने सहमति जुट्न सकेन ।
‘आज पनि सबैले आफैंलाई केन्द्रमा राखेर कुरा गर्नुभयो, सहमति केही भएन,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, सहमतिमै उम्मेदवार दिनुपर्छ भन्नेमा सबै एकमत छन्, तर सबैको जोड म नै हुनुपर्छ भन्नेमा छ ।’

पछिल्लो समय वरिष्ठ नेता नेता पौडेल र महामन्त्री डा। कोइरालाले सहमति भए आफूहरु त्याग गर्न तयार रहेको बताउँदै आएका छन् । तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाले भने आफू बलियो उम्मेदवार भएको दाबी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ८ : १२ बजे