१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप



काठमाडौं ।

नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ ।

पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३०४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ४ : ३९ बजे