१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

म्यानचेस्टर सिटी पराजित भएर पनि समूह विजेता



एजेन्सी ।
म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन ९पिएसजी० उपविजेता बनेर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी आरबी लेइप्जिगसँग पराजित भए पनि समूहको शीर्ष स्थानमा रह्यो । आरबीले सिटीलाई २–१ ले पराजित गरेको हो ।

यस्तै अर्को खेलमा पिएसजीले क्लब ब्रूगलाई ४–१ ले पराजित गरेको छ । म्यानचेस्टर सिटीको १२ तथा पिएसजीको ११ अंक रहेको छ ।

मंगलबार राति समूह सी अन्तर्गत भएको खेलमा अजाक्सले स्पोर्टिङलाई ४–२ तथा बोरुसिया डर्टमुण्डले बेसिक्टासलाई ५–० पराजित गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ७ : ४१ बजे