६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

भारतीय सेनाको हेलिकप्टर दुर्घटनाः १४ मध्ये १३ जनाको मृत्यु



एजेन्सी ।

भारतका सेना प्रमुख विपिन रावतसहित १४ जना सवार हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमकाअनुसार शवहरूको पहिचानका लागि डीएनए टेस्टको प्रक्रिया अघि बढाइएको छ । एएनआईले स्रोतलाई उद्धृत गर्दै शवको पहिचानका लागि डीएनए टेस्टको काम भइरहेको बताएको छ ।

आज दिउँसो भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एलरएनके विवेक कुमार, एलरएनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ६ : ३४ बजे