१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतीय रक्षामन्त्रीले हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने



काठमाण्डौ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिनु हुने भएको छ ।

हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो ।

रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८ बिहिबार ००:००  १० : १३ बजे