१६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026

माउन्ट एभरेष्टको साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, चारनम्बर ।

माउन्ट एभरेष्ट सामाजिक विकास संस्था बाणगंगा ६ भग्लापुरको २८ औ साधारणसभा आज शनिबार सम्पन्न भएको छ । बनगाईमा रहेको शाखा कार्यालयमा सम्पन्न साधारण सभामा बोल्दै संस्थाका पुर्व अध्यक्ष लक्ष्मण बेल्वासे, लक्ष्मणघाट सामुदायिक बनका अध्यक्ष एवम् स्थानिय समाजसेवी हुमनाथ भट्टराई लगायतले संस्थाले गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा रचनात्मक अझ भुमिकामा खेल्नुपर्नेमा जोड दिएका थिए ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष लालमणी बेल्वासेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव प्रकास भुषालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष रविलाल भट्टराईको अध्यक्षतामा संम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७८ शनिबार ००:००  ७ : ०८ बजे