७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गगनको अग्रता कायमैः दोस्रो स्थानका लागि विश्वप्रकाशलाई पछ्याउँदै प्रदीप पौडेल



काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राखेका छन्।

दोस्रो स्थानमा विश्वप्रकाश शर्माले अग्रता बढाएका छन्। सुरूआती गणनाबाटै अग्रतामा दोस्रो स्थानमा रहेका विश्वप्रकाशले १८९५ मत गणनामा ८२७ मत पाएका छन्। विश्वप्रकाशलाई प्रदीप पौडेलले पछ्याइरहेका छन्। तेस्रो स्थानमा पौडेलले ६६८ मत पाएका छन्।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

१८९५ मतगणनामा

गगन कुमार थापा १२९४
विश्व प्रकाश शर्मा ८२७
प्रदिप पौडेल ६६८
प्रकाश शरण महत ६२०
मिनेन्द्र रिजाल ३२९
राजाराम कार्की ५८
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

प्रकाशित मिति : १ पुस २०७८ बिहिबार ००:००  १ : ०४ बजे