७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण



काठमाडौं ।

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि भरतपुरबाट काठमाडौं उड्न लागेको जहाज आपत्कालीन अवतरण गरिएको छ।

भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै सकुशल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका सूचना अधिकारी दीदेन्द्र कर्णका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै बीचक्राफ्ट जहाज नाइन एन एईई को उडान नम्बर ३६० जहाजमा प्राविधिक समस्या देखिएको थियो।

१९ यात्रु र ३ जना विमान क्रु रहेको जहाजमा तत्काल भरतपुरमा अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्।

यसैबीच अर्को जहाजबाट यात्रुलाई काठमाडौं ल्याउने तयारी भइरहेको बुद्ध एयरले जानकारी दिएको छ।

प्रकाशित मिति : १ पुस २०७८ बिहिबार ००:००  २ : ४१ बजे