वाणगंगा, कपिलवस्तु ।
नेपाल किसान ट्रयाक्टर समिति बाणगंगा ८ बोर्डगाउँ कपिलवस्तुको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको प्रांगणमा भएको बार्षिक साधारण सभामा संस्थाका महासचिव झबिन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बिष्णु गिरीले आर्थिक प्रतिवेदन तथा संस्थाका बरिष्ठ उपाध्यक्ष एवम् दुर्घटना संयोजक बेचन यादवले दुर्घटना प्रतिवेदन तथा लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले ट्रयाक्टर धनीले ट्रयाक्टर किनेर मात्र नभई त्यसको नवीकरण उचित समयमा गर्नुपर्ने बताए ।
ट्रयाक्टर धनी किसानलाई नगरपालिकाले पनि सहज रुपमा प्रक्रिया गरिदिने प्रयास गर्ने बताउँदै समितिले पनि आवश्यक पहल गरिदिन आवश्यक रहेको नगर प्रमुख थारुले बताए । साथै ३५ जना सदस्यबाट सुरु गरेको यस संस्थामा अहिले ७ सय भन्दा सदस्य संगठित हुनु संस्थाको गौरवको कुरा रहेको समेत बताए । उनले ट्याक्टर चालक र मजदुरको सुरक्षामा समेत ध्यान दिन जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष मधु अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, संस्थाका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल, संस्थाका पुर्व अध्यक्ष कृष्ण प्रसाद पोख्रेल, निवर्तमान बरिष्ठ उपाध्यक्ष रुमान बहादुर जिसी, नेपाल ट्रयाक्टर महासंघका कोषाध्यक्ष शिवलाल गिरी लगायतले शुभकामना मन्तब्य राख्दै किसान, ट्रयाक्टर व्यवसायी र संस्थाको सफलताको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष शंकर पौडेलले २१ आँै शताब्दिमा सुहाँउदो कृषि पेशालाई आधुनिकिकरण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै हाम्रो देश भुपरिवेष्ठित भएको निजि श्रोत र साधन पर्याप्त नभएको बताएका थिए । उनले सरकारले निजि श्रोत क्षेत्रलाई विशेष सहयोग पुग्ने खालका कार्यक्रम घोषणा गर्न आवश्यक रहेको औँल्याए । पौडेलले ट्रयाक्टरको कर्जा चुक्ता हुनासाथ बिक्रि गर्न चाहेमा तुरुन्त नामसारी गर्नुपर्ने तथा बिलबुकलाई नविकरण गर्दा कृषि र गैर कृषि भनि गरिने भेदलाई अन्त्य गर्नुपर्ने, ट्रयाक्टरहरु निर्विबाद रुपमा ढुवानी गर्न पाउनुपर्ने, खरिद गर्दा लिईने ऋणको ब्याज न्युन हुनुपर्ने लगायतका विभिन्न मागहरु समितिले जोडदार रुपमा उठाउदै आएको बताएका थिए ।
समितिका अध्यक्ष शंकर पौडेलको अध्यक्षता, उपाध्यक्ष अब्दुल सत्तार खाँको स्वागत मन्तब्य तथा महासचिव झबिन्द्र खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्य, समितिमा आवद्ध ट्रयाक्टर व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।







प्रतिक्रिया