७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

क्रिसमस मनाइरहेको भीडमा आत्मघाती बम विस्फोट, ६ जनाको मृत्यु



एजेन्सी ।

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा भीडभाडयुक्त रेस्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।
कंगोको पूर्वी सहर बेनीमा क्रिसमस मनाउन भेला भएकाहरुको भीडमा बम आक्रमण भएको हो।

प्रहरीले आक्रमणकारीलाई भवनभित्र पस्नबाट रोके पनि उनले आफैलाई विस्फोट गराएको हो। विस्फोटमा आक्रमणकारी र अरु पाँचजनाको ज्यान गएको हो। अरु १३ जना घाइते भएका छन्।

शनिबार भएको आक्रमणमा विद्रोही समूह एडिएफको भूमिका रहेको आरोप अधिकारीहरुले लगाएका छन्। एडिएफको सम्बन्ध विद्रोही समूह इस्लामिक स्टेट आईएस सँग रहेको बताइन्छ। तर अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति : ११ पुस २०७८ आइतबार ००:००  १ : ४७ बजे