६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु



काठमाडौं ।

नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।
दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए । यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो । दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८ सोमबार ००:००  ८ : ३४ बजे