४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटीले लिभरपुललाई हरायो



काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिभरपुललाई हराएको छ । आज बिहान भएको खेलमा लिभरपुल लेस्टरसँग १–० गोलले पराजित भएको हो । लेस्टरका एडेमोला लुकम्यानले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

अंकतालिकामा लेस्टर १८ खेलमा २५ अंकका साथ नवौँ स्थानमा छ । लिभरपुलको १९ खेलमा ४१ अंक छ । लिभरपुल अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलमा ४७ अंकका साथ म्यानचेस्टर सिटी शीर्षस्थानमा छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा हिजो भएका खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० र वेस्ट ह्यामले वार्टफोर्डलाई ४–१ ले हराएको छ । अर्को खेलमा टोटेनह्याम र साउथह्याम्पटनले बराबरी खेलेका छन् । टोटेनह्याम र साउथह्याम्पटले एक/एक गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै टोटेनह्यामको १७ खेलमा ३० अंक छ । टोटेनह्याम छैटौं स्थानमा छ । साउथह्याम्पटन २१ अंकका साथ १३ औं स्थानमा छ ।

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  ८ : ३१ बजे