१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

हिउँले विमानस्थल भरिए, हवाई सेवा प्रभावित



काठमाडौं ।
गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा हवाई सेवा प्रभावित भएको छ । निरन्तरको वर्षा र हिउँका कारण पाँचवटा एयरपोर्ट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका महाप्रबन्धक भोला गुरागाईँका अनुसार नेपालगन्ज, सुर्खेत, पोखरा, लुक्ला र तुम्लिङटार विमानस्थल बन्द छन् । नेपालगन्ज, सुर्खेत, पोखरा एयरपोर्टमा भिजिबिलिटी कम भएको हुँदा उडान नभएको उनले बताए ।

यस्तै लुक्ला, तुम्लिङटार विमानस्थल हिउँले भरिएको छ ।

गुरागाईँका अनुसार अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान प्रभावित भएको छैन । तर, बिहान दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सले ‘मिस अप्रोच’ गरेको थियो । बिहान करिब १० बजे ‘मिस अप्रोच’ गरेको जहाज त्यसको करिब आधा घन्टा पछाडि साढे १० बजेतिर ल्यान्ड भएको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

यता, विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन नसकेपछि हवाई सेवा प्रदायकहरुले उडान रद्द गरेका छन् । यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ उडान रहेकोमा हालसम्म ३ वटा उडान रद्द भइसकेको एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  ३ : २६ बजे