२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

र्‍यापर ‘लाहुरे’ पोखराबाट पक्राउ



काठमाण्डौ ।
चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ुलाहुरेु लाई पक्राउ गरेको हो ।

लाहुरेसहित चार जना जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएको छ । लाहुरेको साथबाट लागुऔषध फेला नपरे पनि कारोबारमा संलग्न देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८ बिहिबार ००:००  ३ : २३ बजे