१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिवराज जेसीजको अध्यक्षमा गिरी चयन



कपिलवस्तु ।

शिवराज जेसीजले नयाँ नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जसको कार्यकारीणी उपाध्यक्षमा विष्णु भुसाल, गणेश जिसी, कानूनि सल्लाहाकारमा कविराज अधिकारी, महासचिवमा वाइपि पौडेल, कोषाध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा तिलक कार्की, मनिष बन्जाडे, रुपेन्द्र आचार्य, युवराज पौडेललाई चयन गरिएको छ ।

अधिवेशनमा वोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको वारेमा प्रकाश पार्नुभएको थियो । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो ।

शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताउनुभयो । त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हेरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हेरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । नया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ६ : १८ बजे