१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सामूहिक बलात्कारको आरोपमा कपिलवस्तुका शिरीष सहित ९ जना पक्राउ



वीरेन्द्रनगर

सुर्खेतकी एकमहिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २६ वर्षीय हस्त नेपाली रहेका छन् ।

यस्तै, छायाँनाथ रारा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन् ।

सुर्खेतबाट काम खोज्दै बनेपाका लागि हिँडेकी महिला गत सोमबार राति बसपार्कमा ओर्लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले जानकारी दिए । उनका अनुसार नचिनेका एक युवकले उनलाई खाना खुवाउने र घरमा लगेर बास दिने प्रलोभन देखाइ होटलमा लगेर बलात्कार गरेका थिए । सुरुमा एक्लै होटल पुर्‍याएका ती युवकले पछि अन्य ८ जना साथीहरुलाई पनि बोलाएको प्रहरीले जनाएको छ ।

पीडित महिला होटलबाट भागेर मंगलबार दिउँसो बसपार्क नजिकैको प्रहरी बिटमा घटनाबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख गिरीका अनुसार पीडित महिलालाई थापाथलीस्थित प्रसूति गृहको एकद्वार संकट व्यवस्थापन केन्द्रको सेल्टरमा उपचार गरिएको छ ।

पीडित महिलाले प्रहरीमा दिएको बयानअनुसार कामको सिलसिलामा भारत गएका उनको श्रीमान् वर्षौंसम्म पनि फर्किएनन् । श्रीमान् नभएपछि उनले श्रीमानको घर हुम्ला छाडिन् । नाबालक २ सन्तान च्यापेर उनी सुर्खेत माइतीमा बस्दै आएकी थिइन् ।

छोराछोरीको लालनपालनमा समस्या भएपछि उनलाई गाउँकै मान्छेले काठमाडौं बनेपा जान सल्लाह दिए । ‘
राति ८ बजे बसपार्क ओर्लेर बनेपा जाने बस खोज्दै गर्दा जुम्ला घर बताएका ती युवकले आत्मीयता देखाएर होटेलमा लगेको उनको बयानमा उल्लेख छ । काठमाडौंका लागि उनी अन्जान भएकाले सहजै विश्वास गरेको उनले बताइन् ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  १२ : १४ बजे