१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाणगंगा मौरी पालन सहकारीको अध्यक्षमा पुनः घिमिरे सर्वसम्मत




मायादेवी
अनलाइन, चारनम्बर ।

बाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्था लिमिटेड बाणगंगा १ वैरियाको अध्यक्षमा पुनः लिलिपति घिमिरे अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यमा भएको १४ औँ साधारण सभा तथा ५ औँ अधिवेशनले घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नयाँ चयन भएका अन्य पदाधिकारीको उपाध्यक्षमा इन्दु कँडेल, सचिवमा चिरञ्जीवि शर्मा, सह सचिवमा नारायणी शर्मा र सदस्यमा जयलाल भण्डारी, नित्यानन्द ज्ञवाली, मिना कुमारी घिमिरे र शुशिला पुन सर्वसम्मत चयन हुनुभएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यस्तै सहकारीको लेखा समिति पनि सर्वसम्मत चयन गरिएको छ । जसको संयोजकमा अर्जुन प्रसाद पोख्रेल रहनु भएको छ भने निशा कँडेल र रमा रेग्मी सदस्यमा चयन हुनु भएको अध्यक्ष घिमिरेले बताउनु भयो ।

सहकारीको बन्द सत्र अघि भएको खुला सत्रमा बोल्ने वक्ताहरुले संस्थाले राम्रो गरेको भन्दै प्रसंसा गरे । प्रदेश सांसद पन्थीले मौरीपालन सहकारीकर्मी सदस्यहरु मैरी जस्तै मिहिनेती बन्नु पर्ने बताउनु भयो । उहाँले मौरीले मिहिनेत गरेर जसरी मह काढ्छ त्यस्तै गरी काम गरेमा संस्था चाँडै अगाडी बढ्ने बताउनु भयो । सहकारीको लागि आफ्नो तर्फबाट सहयोग रहेको भन्दै भोलिको दिनमा पनि सहयोग गर्न आफू तत्पर रहेको उहाँको भनाई छ ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य संघका निर्वतमान उमानाथ पौडेल लगायतले बोल्दै सहकारीको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा सहकारीको प्रगति, आर्थिक र लोखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ६ : १९ बजे