१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मेलमिलाप बाट नै एकता



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।

मेलमिलाप बाट नै एकता आउने एक कार्यक्रमका वक्ताले बताएका छन् । ४६ औ मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कपिलवस्तु द्धारा आयोजित ” वर्तमान राजनैतिक परिपेक्षमा वि.पि.को मेलमिलापको सान्दर्भिकता” विषयक विचाार गोष्ठीमा यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै संघिय सांसद अतहर कमालले वि .पी ले जस्तै अहिले पार्टी तथा राष्ट्रिय राजनीतिमा मेलमिलापको खाँचो रहेको बताए ।

हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विजयी तथा प्रतिसप्रर्धी साथिहरुले हारजित हो नभनी संगठन निर्माण र जिम्मेवारी मात्र हो भनी मनन गर्नु पर्ने कमालले बताए ।

कमालले आगामी ३ वटै तहको निर्वाचनमा पार्टी एक भई मेलमिलापको आधारमा जानु पर्ने बताए । त्यस्तै पुर्व केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंहले वि.पीको मेलमिलाप त्याग र राष्ट्रियताको लगाव र सिद्धान्तले पार्टी र देशमा लोकतन्त्रको आएको र हालसम्म आभास भएको बताए ।

आगामी दिनमा पनि वि.पी.को चिन्तन र दर्शनलाई एक आपसमा मिलेर सपना साकार पार्दै समाजवादको सिद्धान्त साकार पार्नुपर्ने बताए ।
हालै निर्वाचित जिल्ला पार्टी सभापति अब्दुल कलामले पार्टीमा काखा र पाखा नभई सबैको अभिभावक भएर काम गर्ने र संगठन निर्माण गर्ने बताए ।

विगतका वि.पी जस्ता नेताको त्यागको कारण आएको लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आफुहरुले मननगरि सही स्थानमा सही कार्यकर्ताहरु परिचालन गरि संगठन निर्माण गर्ने बताए ।

कार्यक्रममा पुर्व जिल्ला विकास समितिका सभापति रमेश शर्मा, प्रदेश सदस्य रविन्द्र ठाकुर, वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद चौधरी, महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, महाधिवेशन प्रतिनिधी कृष्ण पौडेल क्षेत्रिय सचिव गगेशनाथ तिवारी, जिल्ला सह सचिव ओजि अरसद, कपिलवस्तु नगर सभापति खुर्सेद अहमद खां लगायतले मेलमिलापको बारेमा बोलेका थिए ।

जिल्ला सभापति अब्दुल कलामको सभापतित्व, सचिव शक्ति सिंह ठकुरीको संचालन उपाध्यक्ष हुमकान्त खनालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ७ : ३१ बजे