४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जम्मू-कश्मीरको एक मन्दिरमा भाडदौड मच्चिँदा १२ जनाको ज्यान गयो



काठमाण्डौ ।

भारतको जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भाडदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् ।

नयाँ वर्षको दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा विवादका कारण मानिसहरुले एकले अर्कालाई धक्का दिन थालेपछि भाडदौड भएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् प्रतिमृतक दुईरदुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  ९ : ५७ बजे